FAQs Complain Problems

स‌ंक्ष्पित परिचय

लुम्बिनी प्रदेश अन्तरगत पर्ने कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका एक महत्वपुर्ण गाउँपालिका हो । यशोधरा गाउँपालिका कपिलवस्तुको जिल्लाको माध्य दक्षिणमा अवस्थित छ । यस गाउँपालिकाको पुर्वमा मायादेवी गाउँपालिका पश्चिममा महराजगंज नगरपालिका रहेकाछ भने उत्तरमा कपिलवस्तु नगरपालिका छ र दक्षिणमा छिमेकी राष्ट्र भारत रहेको छ । यो गाउँपालिकामा मधेशी बहुल्यता रहेको छ । यहा ब्राहमण,मुस्लिम, कुर्मी यादव, पासी,कलवार,चमार,मल्लाह,धोबी, गुप्त लगायतका जातजातीहरुको बहुल्यता रहेको छ । यो कपिलवस्तु जिल्लाको साविक गा‍.वि.स. तितिर्खी गौरी बसंन्तपुर परसोहिया बैदौली रंगपुर सोमडिह र सिहोखोर संमायोजन भई बनेको गाउँपालिका हो । यसको कुल क्षेत्रफल ६७.७५ वर्ग किमी जनसंख्या ४५,१६५ र केन्द्र बैदौली कपिलवस्तु रहेको छ । यो गाउँपालिकाको उत्तरमा अवस्थित गौतम बुद्धको पवित्र स्थल कुदान(लोरिक कुदान) जुन बौधधर्मालम्बीहरुको पर्टयकिय दृश्टीकोणले महत्तवपूर्ण दिएकाे छ । साथै यसको पूर्वमा सिसहनीयाकोट एतिहासिक स्थलको दृश्टीकोणले महत्तवपूर्ण रहेको छ ।

यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ

यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |